समाचार एक हजार बढी अपाङगता भएका व्यक्ति मतदानबाट वञ्चित
Ujyaalo

वालकुमार शर्मा /उज्यालो

जाजरकोट, मंसिर १० — भौगोलिक विकटताका कारण जाजरकोटका धेरै मतदान स्थलसम्म सडक यातायात नपुग्दा अपाङ्गता भएका व्यक्ति मतदान गर्न वञ्चित भएका छन् । मतदान केन्द्रमा पुग्ने दिनभर लाग्ने र फर्किदा घरसम्म पु¥याउने साहरा नभएपछि मतदान गर्ने रहर भए पनि जान नसकेको भेरी नगरपालिका २ का प्रेम विसि ले जानकारी दिनुभयो ।

स्थानीय तहको चुनावमा घरैबाट बोकेर मतदान केन्द्रमा पु¥याएपनि यसपटक कसैले वास्ता नगरेको उहाँले बताउनुभयो ।

जाजरकोट अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष याम बहादुर वस्नेतका अनुसार जिल्लाभर आंशिक अपाङ्गता तथा पूर्ण अपाङ्गता भएका व्यक्तिको संख्या १२ सय भन्दा बढी रहेको छ । उनीहरु मतदान गर्न कसैको सहारामा हिड्नु पर्छ । मतदान केन्द्र टाढा भएकोले लैजान ल्याउन झन्झट मानेकाले अधिकांश अपाङ्गता भएका व्यक्तिले मतदान गर्न नपाएको अध्यक्ष यामबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै जाजरकोट दृष्टि विहिन केन्द्रका अनुसार जिल्लाभर ४३ भन्दा बढी दृष्टिविहीन छन् ।

 

 

Share It

Post Comments
थप समाचार